दाङ, १७ चैत्र
नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माले नेपाली पत्रकारिता व्यबसाय उन्मुख भईसकेकोले अब यसलाई व्यबस्थापन गर्न मात्रै बाँकी रहेको बताउनु भएको छ । पत्रकारिता रहरले मात्र नचल्ने भन्दै यसले अहिले दक्ष जनशक्ती खोजेको उहाँको धारणा थियो ।
रोटरी क्लब अफ तुलसीपुर सिटिमा अतिथी वक्ताको रुपमा आउनु भएका शर्माले २०३३ सालमा युगवोध पाक्षिक पत्रिकाको प्रकाशन आरम्भ गरेर दाङमा अखवारी पत्रकारिताको जग बसाल्न सफल भएकोमा अहिले पनि आफुलाई गर्व लाग्ने बताउनु भयो ।
एक अर्को प्रसँगमा शर्माले नक्कली सभ्यताले मुलुकलाई दुर्भाग्यपूर्ण अवस्थामा पुर्याएको भन्दै आयातित सभ्यतामा बाचेका हामीहरु अब उपभोक्ता मात्र नबनी उत्पादनशिल हुनुपर्ने बताउनु भयो ।
रोटरीको कार्यक्रम संचालन गर्ने कार्य्बिधीको प्रशंसा गर्दै क्लबले समाजमा आफ्नो औचित्य पुष्टी गर्नको लागि पनि समाजसेवामा निरन्तर खटिरहनुपर्ने बताउनु भयो । शर्मालाई क्लबका पूर्व अध्यक्ष विजय केसीले खादा ओढाएर सम्मान एवम् स्वागत गर्नु भएको थियो भने प्रस्तावित अध्यक्ष देव बहादुर केसीले क्लबले स्थापना कालदेखी अहिले सम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका भाबी अध्यक्ष रुपेश शर्माले अतिथी वक्ता शर्माको परिचय गराउनु भएको थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रमुख अतिथी शर्मालाई मायाको चिनो प्रदान गर्दै निष्पक्ष पत्रकारिताका पक्षपोषक, नेपाली पत्रकारिताका एक जिउदो ईतिहास शर्माका गहकिला विचारहरु सुन्न पाउनु आफ्नो अहो भाग्य भएको बताउनु भएको थियो । क्लबका उपाध्यक्ष यज्ञ बहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष बिमल रिजाल, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका ईन्टरनेसनल सर्विस डाईरेक्टर नारायण गौतम, रोटरियन उज्ज्वल श्रेष्ठ लगाएतले मन्तब्य व्यक्त गर्नुभएको थियो । महासचिव सन्दिपन रिजालले सहजिकरण गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष सुरेश हमालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
पत्रकारिता रहरले चल्दैन : शर्मा
प्रकाशित मिति : २०७४ चैत्र १७ गते शनिवार
प्रतिक्रिया