खड्काको पार्थिव शरीर साँझमात्र काठमान्डौ ल्याइने

तुलसीपुर

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझमात्र काठमाडौं ल्याइने भएको छ। स्व खड्काका छोरा अनुराग खड्का बेलायतमा रहेकाले स्व खड्काको पार्थिव शरीर काठमाडौं ल्याउन ढिलाई भएको हो। एकमात्र छोरा अनुराग नयाँदिल्लीका लागि प्रस्थान गरिसकेकाले साँझ नयाँदिल्ली पुगेपछि आजै राति उनको पार्थिव शरीर काठमाडौं ल्याइनेछ।

जेट एयरको विमानबाट उनको पार्थिब शरीरलाई राति ९ बजे काठमाडौं ल्याएर सानेपास्थित निवासमा राखिनेछ। भोलि विहानसम्म निवासमै श्रद्धाञ्जली अर्पण गरिएपछि आइतबार विहान सानेपास्थित नेपाली कांग्रेसको कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २०७४ चैत्र १७ गते शनिवार
प्रतिक्रिया