तुलसीपुर, १७ चैत्र
व्यवसायीक मौरीपालन तालिम तुलसीपुर उपमहानगरपालिका– ७ पर्सेनीमा सम्पन्न भएको छ । चार दिन सम्म चलेको तालिममा वडाका विभिन्न गाउँका ५२ जना महिलाको सहभागीता रहेको थियो ।
तुलसीपुर क्षेत्रमा महिलालाई व्यवसायीक मौरीपालनको तालिम दिइएको यो पहिलो पटक हो । तालिममा सहभागी महिलाहरुले उत्साह पूर्वक तालिम लिइएको व्यवसायीक मौरीपालन तालिमका प्रशिक्षक कलिभान रोकाले जानकारी दिएका छन् । महिला लक्षितवर्ग अन्र्गत वडा न. ७ कको एक लाख १५ हजार लागानीमा तालिम सम्पन्न भएको हो ।
प्रकाशित मिति : २०७४ चैत्र १७ गते शनिवार