तुलसीपुर, १६ चैत्र
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले एक शोक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेता खड्काको निधनको खबरले अत्यन्त मर्माहत एवं स्तब्ध भएको भन्दै विज्ञप्तीमा दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु भनिएको छ ।
‘राष्«ट्रले एउटा प्रजातान्त्रिक आन्दोलनको योद्धा गुमाएको छ,’ मेयर पाण्डे द्धारा जारी शोक विज्ञप्तीमा भनिएको छ,‘ उहाँको आवश्यकता देशलाई खड्की रहनेछ ।’
प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार