२०८२ मङ्सिर २० गते शनिवार

तुलसीपुर–घोराही सडकमा यात्रु तानातान गर्ने सहचालक पक्राउ

तुलसीपुर १५ चैत्र
गन्तव्यमा हिडेका यात्रुलाई जबरजस्ती तानेर आफनो सवारी साधनमा बसाउने गरेको गुनासो आएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाउन थालेको छ ।  सवारी चालक र सह चालकले यात्रुलाई आफनो गाडीमा चढाउन यात्रुलाई तानातान गर्ने गरेपछि निगरानी बढाईएको हो । प्रहरीले बुधबार र बिहिबार यात्रु तानातान गर्ने ४ जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर घोराही सडक खण्डमा यात्रुलाई तानातान गरेको आरोपमा बुधबार पक्राउ परेका पुरन जिसी र अर्जुन चौधरीलाई एक रात हिरासतमा राखेर आज छोडेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

यसैगरी बिहीबार पनि यात्रु तान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरद पुन र महेश भण्डारी रहेको प्रहरीले बताएको छ । यी दुबै जना भने अहिले प्रहरी हिरासतमा छन् । यात्रु वाहक बस र हाईसमा चढ्ने यात्रुहरुलाई तानातान गरि अलपत्र पार्ने, यात्रुहरुको सामान अलपत्र पार्ने कार्य विरुद्ध प्रहरीले आफ्ना गतिविधिलाई तिब्र पार्ने बताएको छ ।

 

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार
प्रतिक्रिया