प्रधानमन्त्री ओलीलाई रोल्पा जनअदालतमा हाजिर हुन विप्लव माओवादीको १५ दिने पुर्जी

झापा-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित निवासमा पन्ध्रदिने ‘वारेन्ट’ जारी गरिएको सूचना टाँसेको छ  । ओली निवासमा गेटमा सुरक्षार्थ प्रहरी बस्ने गरेका छन् ।

तर, प्रहरीलाई छलेर विप्लव पार्टीका कार्यकर्ताले पुर्जी टासेका छन् ।

चुनाव अगाडि ओली निवास बाहिर बम विस्फोट पनि भएको थियो ।

झापास्थित ओली निवास

हिजो मात्रै विप्लव पार्टीले प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको थियो ।

यस अघि सरकारले विप्लव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

 रातोपाटी

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार
प्रतिक्रिया