बिजौरी,१४ चैत ।
अनेरास्ववियु जनता विद्यापीठ क्याम्पस कमिटि विजौरीले भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कमिटिका अध्यक्ष दिवश क्षेत्रीको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको सो कमिटिले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले विद्यार्थीहरुले आन्दोलनलाई रचनात्मक रुपमा अघि वढाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । भेलामा नेकपा एमाले सचिवालय सदस्य देबराज विक,अनेरास्ववियु दाङका उपाध्यक्ष सर्जन परियार,अनेरास्ववियुका विराज डिसि, तुलसीपुर उपमहानगर पालिका वडा नं.१८ का वडा अध्यक्ष माधब वलि, राम बहादुर योगी, वालाराम पोडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थी जागरण तथा अबको शैक्षिक आन्दोलन विषयमा प्रशिक्षण दिइएको थियो। सो अवसरमा आयुर्वेद शिक्षामा अध्यापन गराई महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको भन्दै प्राध्यापकहरु डा.सुनिल कुमार, उत्तम घिमिरे,सुरेन्द्र चोैधरी,महेन्द्र यादव,वामदेव पोख्रेल, ज्ञान देव मिश्रलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
दिपक भुजेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अनेरास्ववियु जनता विद्यापीठका सचिव गणेश खड्का ले गर्नु भएको थियो ।