कक्षा ८ को परीक्षा सकियो

बसन्त परियार,१४ चैत ।
तुलसीपुर उपमहानगरपालिका अन्तर्गत आधारभूत तह (कक्षा ८) को परीक्षा बुधवार सकिएको छ । चैत ५ गते देखि सुरु भएको परीक्षा शान्त र मर्यादित रुपमा सम्पन्न भएको परीक्षा समितिले जनाएको छ । परीक्षा अवधिभर तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी,जनप्रतिनिधि र शिक्षा शाखामा कार्यरत कर्मचारीहरुले अनुगमण गरेका थिए । उप महानगरपालीका अन्र्तगत रहेका ८३ विद्यालयका ४ हजार बढि परीक्षार्थिले परीक्षा दिएका छन ।

संस्थागत तर्फ ५३ र सामुदायिक तर्फ ३० विद्यालयका ४ हजार २ सय ५८ परीक्षार्थिहरुले परीक्षा दिएको समितिले जनाएको छ । यसैविच कक्षा ८ को नतिजा अक्षरांकन प्रणालीबाट प्रकाशित गरीने श्रोतव्यक्ति विष्णु कुमारी केसीले जानकारी दिईन । यहि चैत २७ गते नतिजा प्रकाशित गर्ने गरी तयारी गरिएको केसीले जनाईन ।

यसका लागि सम्पुर्ण विद्यालय र विषय शिक्षकहरुले चैत १८ गते भित्र मार्कस्लिप परीक्षा समितिमा बुझाउनुपर्ने छ । देश संघियतामा गएपछि स्थानिय तहले आधारभूत तहको परीक्षा पहिलो पटक गराएका हुन ।

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार
प्रतिक्रिया