तुलसीपुर बजारमा फ्रि वाई फाई सेवा सुरु

तुलसीपुर १४ चैत्र

तुलसीपुर बजारमा आज देखि फ्रि वाई फाई सेवा उपलब्ध हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका –५ नं. वडाले यस्तो सेवा दिन लागेको हो । तुलसीपुरलाई स्मार्ट सिटी वनाउने उपमहानगरपालिकाको अवधाराना अन्र्तगत निशुल्क वाई फाईको व्यवस्था गरिएको वडा अध्यक्ष बिरेन्द्र शाहले जानकारी दिएका छन् । अब काम विषेशले तुलसीपुर बजारमा आएका नागरिकले निशुल्क रुपमा वाई फाई सेवा पाउने छन् । वाईफाई सेवा उपयोग गरे वापत पैसा तिुर्नुपर्ने छैन ।
विषेश गरी आफन्तको पर्र्खाइ र गन्तव्यमा पुग्नका लागि सवारी साधन कुरेर बसेकाहरुका लागि समय कटाउन सहज हुने वडा सदस्य सुरेश श्रेष्ठले बताए ।
दाङको तुलसीपुरमा राज्यको निकायबाट सार्वजनिक रुपमा निशुल्क वाइफाईको व्यवस्था गरिएको यो पहिलो पटक हो । यस अघि घोराहीमा, घोराही उपमहानगरपालिको फ्रि वाई फाईको व्यवस्था गरेको थियो । यद्यपी त्यो प्रभावकारी हुन सकिरहेको छैन । वाई फाईको राउटर तुलसीपुरको विपि चोकमा राखीएको छ । यसैविच फ्रि वाई फाई सेवाको केहिबेरमा उद्घाट गरिने छ ।

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार
प्रतिक्रिया