तुलसीपुर १४ चैत्र
प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले बैंकलाई ग्रामीणमुखी बनाउनु पर्नेमा जोड दिुनभएको छ । मुक्तिनाथ विकास बैंककोे तुलसीपुरमा उद्घाटन गर्दै सांसद केसीले जनतालाई सहज रुपमा बैंकीङसेवा प्रदान गर्न ग्रामीण भेगमा केन्द्रीत गर्नुको विकल्प नभएको बताउनुभयो ।
न्युनतम व्याजदरमा ऋण प्रभाह गरेर उद्यम संचालन गर्न जनतालाई उत्प्रेरित गरेमा मात्रै मुलूक समृद्धिको बाटोमा अघि बढ्ने उहाँले बताउनुभयो ।
‘सहज रुपमा ऋण प्रभाह गर्नुहोस’– सदस्य केसीले भन्नुभयो– ‘ऋण लगेर जनताले उद्यम संचालन गरेभने आर्थिक कारोबार बढ्छ र बैंकले पनि काम पाउँछ ।’ विना लगानी मुनाफाको आशा गर्नु निरर्थक रहेको भन्दै सदस्य केसीले जनतलाई छुने खालका कार्यक्रम ल्याउन बैंकलाई सुझाव दिनुभयो ।
फरक प्रसंगमा उहाँले निर्वाचनको समयमा जनता सामु गरेका बाचा नभूलेको भन्दै उहाँले जनताको आशालाई निराशामा परिर्वतन हुन नदिने बताउनुभयो ।
निर्वाचित भएर गएपछि अहिले सम्म चुनाव र कानुन बनाउनमै अल्झेको भन्दै उहाँले आगामी असार देखि कामले गतिलिने बताउनुभयो । सोही अवसरमा विशिष्ट अथिति तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यले गाउँ–गाउँमा गएर जनतालाई सेवा दिन आग्रह गर्नुभयो । उपमहानगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्गहरुलाई तुलसीपुर बजार सम्म आउन र बैंकमा लाइनमा बस्न कठिनाई हुने गरेको चर्चा गर्दै उहाँले गाउँमा सेवा पु¥याउन तयार भएमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मुक्तिनाथ बैंकका कार्यकारी अधिकृत भरतराज ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, पूर्व मेयर ढुण्डीराज लामीछाने, तुलसीपुर उद्योगबाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालीसे, माओवादी केन्द्रका शेषुराम भण्डारी, पत्रकार सुशील बस्नेत लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बैंकका कम्पनी सचिव दण्डपानी ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पत्रकार संगित बस्यालले गर्नुभएको थियो । जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने अभियान सहति तुलसीपुरमा शाखा विस्तार गरेको मुक्तिनाथ बैंकको देशभर रहेका कार्यालयको संख्या ७५ पुगेको छ ।