हत्यामा संलग्न रहेको अभियोगमा ट्राफिक प्रहरी सहित ३ जना पक्राउ

सुर्खेत, १४ चैत ।
सुर्खेत गौरीकला रोकायको हत्यामा संलग्न रहेको अभियोगमा ट्राफिक प्रहरीसहित ३ जनालाई सुर्खेत प्रहरील पक्राउ गरेको छ ।
पञ्चपुरी नगरपालिका–३, चौर निवासी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बस्दै आएकी थिइन् ।
परीक्षा गर्न आएकी रोकाय डेरामा मृत अबस्थामा भेटीयपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रहरीले बताएको छ । घटनाका अभियुक्तलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार
प्रतिक्रिया