रेडियो सञ्जिवनीको तेस्रो स्थापना दिवस

तुलसीपुर १३ चैत्र ।
रेडियो सञ्जिवनी एफ.एमको तेस्रो स्थापना दिवस मंगलबार तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दैै उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नहकुल सुवेदीले संचार माध्यमले न्यायलयलाई समाचारमा कम महत्व दिने गरेको गुनासो गरेका छन् ।
अदालत, सूचनाको खानी भए पनि संचार माध्यमको आँखामा पर्न नसकेको उनले बताए । अन्तिम आस्थाको केन्द्र भनेको न्यायलयनै भएको भन्दै उनले सवैको अपनत्व हुने गरी प्राथमिकता दिन आग्रह गरे ।

‘न्यालयसंग यति धेरै सूचना छ, जोकि जनताको जिवन स्तरसंग प्रत्यक्ष जोडिएकोछ, सार्वजनिक चासोको विषय छ । तै पनि यसले महत्व पाउन सकेको छैन’ मुख्य न्यायधिश सुवेदीले भने ।

मुख्य न्यायधिश सुवेदीले अदालतसम्म जनताको पहुँच सजीलै पुग्ने गरी न्याय सम्पादनलाई छिटोछरितो र प्रभावकारी रुपमा अघि बढाएको बताए । संचार क्षेत्र अदालत भन्दा पनि बढी संवेदनशिल क्षेत्र भएको भन्दै सुवेदीले समाचार सम्प्रेसन गर्दा गम्भिर बन्नु पर्ने बताए ।
न्यायलयको निर्णय प्रकृया वा न्याय सम्पादनमा त्रुटि भयो भने सच्याउने मौका भएको भन्दै न्यायधिश सुवेदीले संचार क्षेत्रले त्रुटी ग¥यो भने सच्याउने सम्भावना कम भएको बताए । सुवेदीले न्यायलय र संचार एकै प्रकारका क्षेत्र भएको भन्दै आफनो धर्म, कर्तव्य र निष्ठामा अडिग रहेर काम गर्नु पर्नेमा जोड दिए । समृद्धि न्यायलयसंग जोडिएको भन्दै सुवेदीले न्याय सम्पादनलाई समयसापक्ष परिमार्जन गर्न जरुरी रहेको बताए ।
त्यसैगरी सोही अवसरमा न्यायधिश गोकर्ण डाँगीले मानव समुदाय संचार विना अलग हुन नसक्ने अवस्थामा पुगेको बताए । पत्रकारिता सशक्त भयो भने मात्रै समाजले गति लिन सक्ने भन्दै न्यायधिश डाँगीले समाजमा सधै आफुलाई अब्बल संचार माध्यमका रुपमा स्थापित गराउन आग्रह गरे ।
रेडियो सञ्जिवनी संचालक समितिका कार्यवाहक अध्यक्ष कुशल तर्तालको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठ, तुलसीुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य सुक्रराज भण्डारी, प्रेदश सचिव संगित बस्याल, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, सल्लाहाकार दुर्गालाल केसी, सरसफाई अभियन्ता बिमल रिजाल, एमनेष्टी ग्रुप ६६ का प्रमोद न्यौपाने, दलित अधिकारकर्मी निर्मल नेपाली, नेपाल प्रेस युनियनका सुलोचना गौतम, रिपोर्टर्स क्लवका सल्लाहकार नारायणी रजौरे लगाएतले बोल्नु भएको थियो ।

रेडियोका स्टेशन म्यानेजर सरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन समाचार प्रमुख बिलम गौतमले गर्नुभएको थियो । कार्यक्रममा नारायण खड्का, ध्रुवराज न्यौपाने (डि आर एन) लाई उत्कृष्ठ कार्यक्रम प्रस्तोताका रुपमा सम्मान गरिएको थियो भने बिज्ञापनदतालाई पनि सम्मान गरिएको थियो ।

 

 

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया