६ वर्षीया बालिकालाई गोबर खुवाएको आरोपमा पक्राउ

कोहलपुर नगरपालिका ४ की ५० वर्षीया गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ । परियारलाई कोहलपुर ईलाका प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) यज्ञप्रसाद भट्टराईका अनुसार परियारमाथि मुद्दा चलाइएको छ । घरको आंगनमा खेलिरहेकी सरिताले मोटर बिगारेको आक्रोसमा परियारले गोबर खुवाएर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पीडक र पीडित छिमेकी हुन् ।
बालिका सरिता सोमबार साँझ गीताको आंगनमा खेल्न गएकी थिइन् । पानी तान्ने मोटर नचलेपछि गीताले बालिकामाथि आरोप लगाएकी हुन् ।कान्तिपुरबाट 

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया