श्रीमतीको हत्या गरी भागेका श्रीमान प्रहरीको फन्दामा

 

रौतहट ११ चैत्र
श्रीमतीको हत्या गरेको आरोपमा कटहरिया नगरपालिका ५ का ३५ बर्षिय बिजय साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत ५ गते श्रीमती राजकुमारी देवीलाई निर्घात कुटपिट पश्चात घाँटी थिँचेर हत्या गरी भागेका थिए । राजकुुमारी देवीको हत्या गरेर अन्य सहयोगीमार्फत शव जलाउन पठाई अभियुुक्त बिजय साह घटनालगतै फरार भएका थिए ।
मृतकलाई जलाउनै लागेको अवस्थामा प्रहरीले गत ५ गते सोमवार लालबकैया नदी किनारबाट मलामी गएका ५ कटहरिया नपा ५ र राजदेवी ३ का रामबालक साह सोनार, सुरेश साह सोनार, कपिलदेव साह सोनार, भोरी मलाह र राजकिशोर साह लाई प्रहरीले मलामी बाटै पक्राउ गरेको थियो ।
त्यसक्रममा प्रहरीले २ बोतल पेट्रोल र ५ किलो चिनी पनि बरामद गरेको थियो । पाँचैजना अभियुुक्तमाथि कर्तब्य ज्यान अन्तर्गत मुद्धा गर्ता गरी जिल्ला अदालतबाट म्याद समेत थमाई सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ चैत्र ११ गते आइतवार
प्रतिक्रिया