तुलसीपुर १० चैत्र
तुलसीपुरमा उपहानगरपालिका ८ अश्वारा निवासी अभिषेक शाहले सहरी स्वास्थ्य पर्वद्धन केन्द्र स्थापनाका लागि एक करोड बढीको जग्गा दान गरेका छन् ।
स्वर्गीय वुवा भीमसेन शाहको सम्झनामा एक करोड पाँच लाख मुल्य बराबरको जग्गा दान गरेको अभिषेकले बताए । उनले एक ‘ख’ को कित्ता नम्बर १६३ बाट ७ कठ्ठा जग्गा सहरी स्वास्थ्य पर्वद्धन केन्द्रका लागि प्रदान गरेका हुन् ।
‘वुवाले हामी माझ रहदा सम्म समाजिक काम र समाजमा महत्व पूर्ण योगदान पु¥याउँदै आउनुभएको थियो’– अभिषेकले भने– ‘त्यसैको निरन्तराका लागि मलाई पनि केही काम गर्न मन लागेको हो ।’ सहयोग गर्ने अवसर दिएकोमा उनले सबैलाई धन्यवाद दिर्दै गाउँघरमा हुने हरेक सामाजिक काममा आफू सधैव लागीरहने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।
अश्वारामा सडकले छोएको जग्गाको चलनचल्तीको मुल्य १५ लाख मुल्य बराबरको रहेको तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष वेदबहादुर केसीले बताए । गत बुधबार बसेको सर्बदलिय सर्वपक्षीय बैठकलले वडा अध्यक्ष वेदबहादुर केसी संयोजकत्वमा जग्गा व्यवस्थापन समिति गठन गरेको थियो । अध्यक्ष केसीको पहलमा नै जग्गाको व्यवस्थापन गरिएको हो । भीमसेन शाहलाई तत्कालीन द्धन्द्धको समयमा विद्रोही पक्ष माआवोदीले अपहरण गरी वेपत्ता बनाएको थियो । शाहको अवस्था अहिले सम्म अज्ञात छ । शाहले विभिन्न सामाजिक काममा महत्वपूपर्ण योगदान गरेका थिए । समाजमा अहिले पनि समाजिक कार्यमा भीमसेन शाहलाई सम्झिने गरेका छन् ।