तुलसीपुर, १० चैत्र
रोट्रयाक क्लव तुलसीपुरले कवार्डमा फालेका कुर्सीलाई पुनः प्रयोगमा ल्याइदिएको छ । राप्ती अंचल अस्पताल तुलसीपुरले अस्पतालको प्रयोगका लागि ल्याएका चाईनिज कुर्सीलाई मर्मतपछि प्रयोगमा ल्याएको हो । कुरीब दुई लाख ५० हजार मूल्यका कुर्सी बस्नका लागि उपयुक्त नभएको भन्दै अस्पतालले कवार्डमा फालेको थियो । रोट्रयाक क्लवले अस्पतालको परिसरको कुनामा फालेका कुर्सीलाई उठाएर मर्मत गरेपछि प्रयोगमा ल्याउन लायक भएका हुन् । मर्मतकालागि एक हजार आठ सय रुपैयाँ खर्च लागेको कल्वका पूर्व अध्यक्ष विनिल केसीले जानकारी दिएका छन् । ती कुर्सीहरु अस्पतालले उपचारका लागि आउने विरामी कुरुवा बस्नका लागि प्रयोगमा ल्याएको थियो । कुर्सी मर्मत पश्चात प्रयोगमा आएपछि उपचारका लागि जाने बिरामीहरुलाई पालो नआउँदा सम्म अब उभिनु पर्ने बाध्यता टरेको छ ।
प्रकाशित मिति : २०७४ चैत्र १० गते शनिवार