किन निस्किए महिला सडकमा ?

तुलसीपुर

दंगीशरण गाउंपालीका वडा नं ६ र ७ को संयुक्त आयोजनामा एवं नेपाल रेडक्रस सोसाइटी दाङको सहभागीतामा भव्यताका साथ पानीका लागी प्रकृति भन्ने मुल नाराका साथ विश्व पानी दिवस मनाइएको छ । ६ नं वडा कार्यालयबाट सुरु भएको ¥याली बजार परिक्रमा गरि बागरमा कोण सभामा परिणत भएको थियो । विभिन्न सन्देश मुलक प्लेकार्ड सहितका स्थानिय स्वास्थ्य आमा समुह जनप्रतिनिधिहरु, स्वंसेविकाहरु विद्यालयहरुको सहभागीता रहेको थियो ।
सो कोणसभालाई वडा नं ७ का वडा सचिव बाल कृष्ण भण्डारीले २०७६ असार मशान्त सम्म यस वडालाई पुर्णसरसफाई युक्त वडा घोषणा गर्न सम्पुर्ण वडाबासीलाई अनुरोध गर्न भएको थियो । शिद्ध पृथ्बी माध्यामिक विद्यालयका प्रधानाध्यापक हर्क बहादुर बुढाथोकीले विद्यालय लगायत अन्य संघ संस्थालाई सुरक्षित पानीको व्यवस्थाका साथै सरसफाईलाई ध्यान दिनुपर्ने बताउनु भयो ।
आफ्नो वडालाई यथा सक्य पुर्ण सरसफाई युक्त वडा घोषणा गर्ने र सोकोलागी नियमिति घरदैलो कार्यक्रम स्ट्रिकर टांस्ने लगायत गतिविधहरु सुरुवात गरिरहेको र यसलाई निरन्तरता दिन कुनै कसरत बांकि नराख्ने वडा नं ६ का वडा अध्यक्ष टंक बहादुर वलीले बताउनु भयो ।

फूलवारीमा विश्व पानी दिवस

तुलसीपुर उपमहानगरपालीका वडा नं १३ ,अम्बापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहभागीतामा विश्व पानी दिवश मनाइएको छ । सो अवसरमा समुदायका व्यक्तीले सार्वजनिक स्थल, खानेपानीका श्रोतहरु र धाराहरु सरसफाई गरि विश्व पानी दिवश मनाइएको छ ।

उता धनौरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजना एवं शान्तीनगर गाउपालीका वडा नं ५ र नेपाल रेडक्रस सोसाइटीको सहभागीतामा प्रकृतिकालागी पानी भन्ने मुल नाराका साथ सम्पुर्ण उपभोक्ता समितिहरु,महिला स्वास्थ्य स्वंसेविकाहरु,स्वास्थ्य आमा समुहहरु,सामुदायिक बन उपभोक्ता समितको संलग्नतामा प्लेकार्ड सहित ¥याली निकाली बजार परिक्रमा गरी पानीका श्रोतहरु सरसफाई गरि विश्व पानी दिवस मनाइएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष गिरीराज बस्नेतको अध्यक्षता सम्पन्न कार्यक्रममा बजार व्यवस्थापन समितिका संयोजक झविलाल शर्मा,वडा सचिव मिन बहादुर के.सी.लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सचिव टेक बहादुर बस्नेतले गर्नु भएको समिर रेग्मीले जानकारी गराउनु भएको छ ।

 

 

प्रकाशित मिति : २०७४ चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया