तुलसीपुर, ७ चैत्र ।
तुलसीपर उपमहानगरपालिका उप प्रमुख माया आचार्यको अध्यक्षतामा ११ सदस्य सहरी स्वास्थ्य पर्वद्धन केन्द्र संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । तुलसीपुर –८ अश्वारामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । जसको सदस्यमा वेदबहादुर केसी, विष्णु पोख्रेल, तिलक हमाल, इन्द्रजित चौधरी, तिलकबहादुर बस्नेत, मेघराज भुसाल, हिरालाल न्यौपाने, गौमति विक, र पवित्रा काफले चयन हुनु भएको छ । त्यसैगरी समितिको संरक्षकमा नगर प्रमुख घनश्याम पाण्डे रहुनभएको छ ।
त्यस्तै सहरी स्वास्थ्य पर्वद्धन केन्द्र स्थापनाका गर्न जग्गा व्यवस्थापनका लागि जग्गा उपसमित समेत गठन गरिएको छ । जसको संयोजकमा वेदबहादुर केसी, सदस्यमा शिवहरी भण्डारी, जुद्धबहादुर खत्री, पवित्रा काफले, शेषमणी शर्मा, अविश्यक शाह, र तिलक बस्नेत रहनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका –८ नम्बर वडा अध्यक्ष वेदबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १५ का वडाअध्यक्ष लक्ष्मण चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, जेष्ठ नगारिक कृष्णबहादुर केसी लगाएते बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख सचिवालय प्रमुख धर्मराज वलीले गर्नुभएको थियो ।