तुलसीपुर,
तुलसीपुर उपमहागनरपालिकाले अन्तरजातिय विवाह गर्ने ७८ जोडीलाई अभिनन्दन गरेको छ । तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर ५३ औं अन्तराष्ट्रिय जातिय तथा रंगभेद उन्मूलन दिवसका अवसरम अन्तरजातिय विवाह गर्ने जोडीलाई अभिनन्दन गरेको हो । अभिनन्दन हुनेमा सवै भन्दा बढी तुलसीपुर उपमहानगरपालिका – ८ नम्बर वडाका रहेको आयोजकले बताएको छ ।
उत्पीडीत दलित समुदायके राज्यमा समान पहुँचका लागि हाम्रो अभियान भन्ने उद्देश्यका साथ सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख कृष्ण बहादुर महाराले अन्तरजातिय विवाह गर्ने जोडीलाई सम्मान गरेर तुलसीपुर उपमहानगरपालिकाले उदाहरणिय काम गरेको बताउनुभएको छ ।
जातिय विभेद अउन्मुलनको सवालमा नेपालको संविधान दक्षिण एशियाकै उत्कष्ट भएको सभामुख महरालो दाबी गर्नुभयो । विगतको तुलनामा जातिय विभेद धेरै हद सम्म घेटेको बताउदै कानुन बनउने मात्रै भन्दा पनि यसको कार्यान्वयमा जानु पर्ने बताउनुभयो ।
कार्यक्रमलाई प्रदेश सभा सदस्य अमर डाँगी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष टिकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, कार्यक्रम संयोजक देवराज विक लगाएतले सम्बोधन गरेका थिए ।