गाडिको ठक्करबाट बिजौरीमा किशोरीको ज्यान गयो

तुलसीपुर, ७ चैत्र
गाडिको ठक्करबाट बिजौरीमा एक किशोरीको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरका लागि छुटेको लु१च४६३६ नम्बरको कुखुरा बोक्ने गाडिले ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी १६ बर्षकी पुजा नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
गाडिले ठक्कर दिए लगत्तै घाइते नेपालीको उपचारका क्रममा राप्तीअंचल अस्पताल तुलसीपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ । ठक्कर दिने गाडि सहित चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सडक पार गर्नेक्रममा गाडिले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार
प्रतिक्रिया