‘शान्ति समाजले सम्मान गरेपछि फुत्कियो अध्यक्ष पद’

तुलसीपुर

राजनीतिक सहमतिमा राप्ती शान्ति उद्यान उपभोक्ता समितिको अध्यक्ष बनेका डिल्लीराज भण्डारीको अध्यक्ष पद फुत्किएको छ । मानवअधिकार तथा शान्ति समाज दाङले गत शानिबार सम्मान गरेपछि भण्डारीको पद फुत्किएको हो ।  फागुन १५ गते र २७ गते बसेको सर्बदलिय सर्बपक्षिय बैठकले भण्डारीलाई नै अध्यक्ष मानेर जाने सहमति गरेको थियो ।
शान्ति समाजले विभिन्न समाजिक संघ संस्थामा निर्वाचित हुने विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो । बाम गठबन्धनको प्रस्ताव र नेपाली कांग्रेसको सहमतिमा निर्विरोध अध्यक्षमा चयन भएका भण्डारीले सम्मान लिएपछि कांग्रेसले साथ छोडेको हो ।
शान्ति समाजले भण्डारीलाई सम्मान गदैगर्दा सोही स्थानको फरक ठाउँमा कांग्रेसको तर्फबाट दुई जना सदस्यलाई समावेश गेर समितिलाई पूर्णता दिइ सफतग्रहण गराउने कार्यक्रम तय भएको थियो ।

राजनीतिक भाग वण्डा नमिल्दा राप्ती शान्ति उद्यान उपभोक्ता समिति विगत झण्डै २ महिना देखि पदाधिकारी विहिन हुदै आएको छ ।

सहमति उल्घन गर्ने कांग्रेस के भन्छ ?
यता नेपाली कांग्रेको तर्फबाट अगुवाई गरिरहेका इकाई सभापति प्रेम केसीले भण्डारीलाई अध्यक्ष माने पनि, समितिले पूर्णता नपाउँदै दोसल्ला ओढेर सम्मान गरेकाले आफुरु बाहिरिएको बताए ।

‘हामीरु शान्ति समाजको कार्यक्रम स्थल देखि अलिमाथि बसीरहेका थियौं, तल त दोसल्ला ओढेर अबिर जात्रा गरेको खबर आयो’– सभापति केसीले भने–‘ त्यतिका भएपछि के काम भनेर हामीहरु उठेर हिडेयौ ।’

अध्यक्ष पद गुमे पछि के भन्छन भण्डारी ?

यता भण्डारीले यस्तो होला भन्नेमा कुनै कल्पना सम्म नगरेको बताएका छन् । ‘सहमति पनि भयो, सवै साथीहरुले पनि थाहा पाएछन भन्ने लाग्यो र सम्मानलाई अस्वीकार गर्न सकेन’ – भण्डारीले भने –‘तर यसैलाई आधार बनाएर कांग्रेसका साथिहरुले सहमतिलाई लत्याए ।’
कसैको दबाबमा केहि साथीहरु टाढा भएपनि अझै पनि कांग्रेसले सर्वदलिय बैठकमा गरेको निर्णयलाई मानेर जान्छ भन्नेमा ढुक्क रहेको भण्डारीले बताए ।

 

 

 

 

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार
प्रतिक्रिया