तुलसीपुरका मेयर डोजर लिएर सडकमा गएपछि …..(फोटो फिचर)

तुलसीपुर, ५ चैत्र । 

तुलसीपुर उपमहानगरपालिकाले बजारका सडकपेटी अतिक्रमण गरेर बनाएका संरचना मंगलबार देखि हटाउन सुरु गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरे पनि अटेर गरी भौतिक संरचना नहटाएको भन्दै उपमहानगरपालिका मेयर घनश्याम पाण्डे डोजर (स्काभेटर) लिएर आफै सडकमा गएका हुन् । प्रत्यक हप्ताको मंगलबार गरिने सरसफाई अभियानलाई परिमार्जन गर्दै भौतिक संरचना हटाउन कार्य सुरु गरिएको हो ।

मंगलबार बजारका विभिन्न स्थानमा सडक मिचेर बनाइएका गोल भर्याङ, पर्खाल, सल्याव, सडकमा पर्ने गरी निर्माण गरिएका जस्तापाताका छाना, होडिङ बोर्ड हटाउन थालिएको छ ।  अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउने कार्यमा तुलसीपुर उद्योगबाणिज्य संघ, व्यापारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सर्वसाधरण नागरिक संयौको सहभागीता रहेको थियो । अभियानमा स्वतस्फूर्त रुपमा नागरिकहरु हटाउने कार्यक्रमा सरिक रहेका थिए । तुलसीपुरको सौन्दर्यता, व्यवस्थीत र हरित शहरका लागि यो अभियानलाई जारी राख्ने भन्दै मेयर पाण्डेले अझै पनि अटेर गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिए ।

उपमहानगरपालिकाको आइतबार बसेको सर्बदलिय सर्वपक्षिय बैठकले भौतिक संरचना हटाउने निर्णय बाहिर आएपछि सोमबार आधादर्जन घरधनीले भर्याङ हटाएका थिए भने कतिपयले मंगलबार पनि आफै हटाएका थिए । यो अभियानलाई उपमहानगरपालिको निरन्तर दिने भएको छ । संरचना हटाउने कार्यक्रमा डोजर, ट्रिप्पर, पानी टयाङ्कार प्रयोग गरिएको थियो ।

पहिलो दिनको कार्यक्रमको समापन अवसरमा तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष नवराज लामीछाने, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरु रावत, निवर्तमान अध्यक्ष बिमल रिजाल, उपमहानगरपालिका सूचना अधिकारी झरेन्द्र खरेल लगाएतले बोलेका थिए ।
प्रत्येक हप्ता बजारबाट निस्कीएको फोहरलाई बढारेर मात्रै अभियानले सार्थकता नपाउने भन्दै गुनासो आइरहदा नगरवासीले कामको स्वागत र प्रसंशा व्यक्त गरेका छन् ।

 

 

भत्काएको भर्याङ ट्रिप्परमा राख्दै

 

पर्खाल भत्काउदै

 

अभियानमा सहभागी नेपाली सेना

 

सल्याव भत्काउदै

भत्काएका संरचना डोजरमा राख्दै  मेयर घनश्याम पाण्डे र उपमेयर माया आचार्य,

 

घरेलु कार्यालयका छाना भत्काउदै

होडिङ बोर्ड हटाउदै

विद्य्त पोलमा राखेका होडिङ बोर्ड हटाउदै

विद्य्त पोलमा राखेका होडिङ बोर्ड हटाउदै

 

प्रकाशित मिति : २०७४ चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया