जातिय तथा लैङ्गिक विभेदको अन्त्य हुनुपर्छ: पाण्डे

तुलसीपुर,५ चैत ।
तुृलसीपुर उपमहानगरपालिकाको आयोजनामा यहि चैत ७ गते हुन लागेको २१ मार्च अर्थात अन्र्तराष्टिय जातिय उन्मुलन दिवसको तयारीलाई तिव्र पारिएको आयोजक समितिले जानकारी दिएको छ । मुल आयोजक समिति तुलसीपुरले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीको वारेमा जानकारी गराएको हो ।

सो अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई जातियता र लैङिगक विभेदको अन्त्य गर्ने अभियानमा लागेको बताएका छन् ।

नेपालको सविधानमा जातिय विभेद,लैङिगक विभेद र सवै खाले विभेदलाई अन्त्य गरी समतामुलक समाज निर्माण गर्ने परिकल्पना रहेको उनले बताएका छन् । मुल आयोजक समितिका संयोजक देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले नेपाल समाजबाद उन्मुखतर्फ अघि बढेकाले २१औ शताब्दीमा पनि जातिय विभेद र लैङिगक विभेद गर्नु भनेको लाजमर्दो भएको बताएका छन् ।

कार्यक्रमलाई भब्य रुपमा सफल पार्नका लागी सवैले आ.आफनो तर्फबाट सहयोग गर्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण पत्रकार लक्ष्मण विश्वकर्माले गरेका थिए । यसैविच मुल आयोजक समितिको बैठकले कार्यक्रमलाई सफल पार्नका लागी विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिने गरी जिम्मेवारी बाँडफाड समेत गरेको छ ।

जसमा माला व्यवस्थापन तर्फ नगरका १९ वटै वडाका दलित महिला सदस्यलाई जिम्मेवारी दिइएको छ । त्यस्तैगरी अतिथि सत्कार तर्फ युवा करारा, यमुना परियार र डिला परियार, मन्च, व्यानर, झन्डा व्यवस्थापनका लागी जनक नेपाली, छवि परियार, सन्तोष चनारा, लक्ष्मण विश्वकर्मा, जलपान तथा पानी व्यवस्थापनका लागी शारदा सुनार, टिका विश्वकर्मा, मधु सुनार र जुलुस व्यवस्थापनका लागी आयोजक सम्पुर्णले आफनो भुमिका निर्वाह गर्नुपर्ने निर्णय गरीएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार
प्रतिक्रिया