चैत्र ५ तुलसीपुर
हरेक पाठ्यक्रममा प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने आज तुलसीपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले प्राविधिक शिक्षा र अतिरिक्त क्रियाकलापलाई विद्यालयहरुले समेट्न नसके विद्यार्थीहरु क्षमता अभिवृद्धि वाट पछि पर्ने समेत बताएका छन् । सप्तरंगी ईङ्गलिस वोर्डिङ स्कुल तुलसीपुरले आज तुलसीपुर ९ बेलुवामा आयोजना गरेको कक्षा १० का विद्यार्थीलाई विदाई कार्यक्रममा बोल्नृे बक्ताहरुले विद्यालयले सामाजिक कार्यमा पनि सक्रिय रुपमा सहभागिता जनाएकोमा प्रशंसा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित जंग शाहको अध्यक्षता एवं तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी,आधारभूत विद्यालयका विव्यस अध्यक्ष मुक्ति प्रसाद न्यौपाने लगायतले वोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्र.अ. रुद्र प्रसाद बस्याल,शिक्षकहरु विमल नेपाल,जगदिश थापा,विद्यार्थी एलिसा बुढाथोकि लगाएतले विदाई भएर जान लागेका विद्यार्थीहरुलाई सम्मान एवं मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा अभिभावक,विद्यार्थी,शिक्षक शिक्षिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्राविधिक शिक्षा आजको आवश्यकता
प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार
प्रतिक्रिया