महिलाले गरे शौचालयको खर्च सार्वजनिक

तुलसीपुर, ५ चैत्र
सार्वजनिक शौचालय निर्माणका लागि लागेको खर्चको बिबरण सार्वजनिक गरिएको छ । उपभोक्ता निर्माण समितिले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेर पातुखोलाको विष्णुमति घाटमा निर्माण गरिएको दुई कोठे सार्वजनिक शौचालयको आयव्यय विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उभोक्ता निर्माण समितिका अध्यक्ष सुशिला भट्टराईले तुलसीपुर उपमहानगरपालिका– ३ नम्बर वडाको एक लाख पचास हजार र ३७ हजार जनश्रमदानमा दुई कोठे पक्की भवन निर्माण भएको जानकारी दिएकी दिनुभयो ।

मलामी विश्राम गृहभने यस अघिनै निर्माण भएको सचिव रेश्मी वलीले जानकारी दिनुभयो । विष्णुमति घाटको संरक्षणका लागि तारवार, शव जलाउने ठाउँ र धारा निर्माणका लागि आवश्यक पर्ने वजेट वडा र सम्बन्धित निकायमा माग गर्ने सचिव वलीले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रम, उपभोक्ता निर्माण समितिका अध्यक्ष सुशिला भटट्राईको अध्यक्षता तथा वडा अध्यक्ष बिरबहादुर विक(विजय)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार
प्रतिक्रिया