तुलसीपुर, ४ चैत्र । तुलसीपुर उपमहानगरपालिका बजार व्यवस्थापनकालागि कडाईका साथ प्रस्तुत हुने तयारीमा पुगेको छ । गरेको निर्णय कार्यान्वयन नभएको गुनासोका माझ उपमहानगरपालिका एक्सनमा जाने तयारी थालेको हो । आइतबार उपमहानगरपालिमा बसेको सर्वदलिय सर्बपक्षीय बैठमा नगर प्रमुख घनश्याम पाण्डेले मंगलबार देखि सडकपेटी मिचेर बनाइएका भ¥याङ हटाउने गरी काम अघि बढाउन मातहतका कर्मचारीलाई कडा निर्देशन दिएका हुन् ।
‘मंगलबार देखी नै डोजर, ट्रयाक्टर, ट्याङकर लगेर भ¥याङ हटाउनुहोस, ‘नगर प्रमुख पाण्डेले भने’, ‘सूचनाले मात्रै भएन अब एक्सनमा गएर काम गरी देखाउनुपर्छ ।’ नगर प्रमुख पाण्डेले बजार व्यवस्थापन कार्यविधि २०७४ लाई टेकेर यस्तो निर्देशन दिएका हुन ।
प्रत्येक मंगलबार ग्रिन तुलसीपुर क्लिन तुलसीपुर अभियान अन्तर्गत गरिदै आएको सरसफाईलाई, परिमार्जन गर्दै एक्सनमा जाने तयारी थालिएको हो ।
प्रत्येक हप्ता बजारबाट निस्कीएको फोहरलाई बढारेर मात्रै अभियानले सार्थकता नपाउने भन्दै नगर प्रमुख पाण्डेले जनतलाई अनुभूति हुने गरी काम गर्न थालेको प्रतिकृया दिएका छन् ।उपमहानगरपालिकाले पसल अगाडि फोहर गर्ने, फोहर थुपार्ने, निर्माण सामग्री राख्ने, सडकपेटीसम्म सामान राख्नेलाई जरीवाना गर्ने उपमहानगरपालिकाका समाजकल्याण अधिकृत टोपबहादुर डाँगीले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधी आए देखिनै सार्वजनिक सूचना जारी गरेर दैनिक रुपमा सडकपेटी मिचेर व्यवसाय नगर्न नगराउन र अतिक्रमण गरेर बनाएका संरचना हटाउन आग्रह गर्दै आएको छ ।
बैठकमा सहभागीले काम गर्न नगरपालिका अघि बढेमा आफूहले साथ दिन तयार रहेको बताएका थिए । अहिलेसम्म नगरपालिकाले गर्दै आएका उचित कामलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता उनिहरुले जनाएका थिए ।उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा भएको बैठकमा, तुलसीपुर उद्योगवाणिज्यसंघका अध्यक्ष विरु रावत, निवर्तमा अध्यक्ष बिमल रिजाल, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, नेपाली कांग्रेसका मुक्ति न्यौपाने, तुलसीपुर वडा नं ६ का वडा अध्यक्ष नवराज लामीछाने लागाएतले बोलेका थिए ।