काँग्रेस सभापतिका घरमा चोरी

तुलसीपुर, ४ चैत ।

नेपाली काँग्रेस साविक तुलसीपुर –१६ का सभापति तारा सेन ठकुरीको घरमा चोरी भएको छ । तुलसीपुर–४ रक्षाचौर स्थीत घरमा चोरी भएको प्रहरीले जनाएको छ । सेन पुरर्खेली घर तुलसीपुर –४ को लामीदमारका गएको मौका छोपी उनी बस्दै आएको रक्षाचौर स्थीत घरमा चोरी भएको हो ।

चोरले करिव चार तोला सुन, नगत २० हजार, लताकपडाहरु चोरी गरेको सेनले बताए । सनिवार साझँ सेन घरमा आउदा घरको ढोका, खुल्ला रहेको र घरमा विजुली बलेको देखेपछि सेनले चोरी भएको थाहापाएका हुन् । चोरले घरको ढोकाको ताल्चा फोडेर कोठामा रहेको दराज, तोडी नगत र लता कपडा सुन चोरी गरेको गोठिखोला अस्थाई प्रहरी चौकीका प्रहरी साहयक निरक्षक प्रदिपकुमार खड्काले बताए । खड्काले चोरको खोजी भईरहेको बताए ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार
प्रतिक्रिया