सुरेश श्रेष्ठ
दाङ,४ चैत/ वडा कार्यालयमा आउने बिभिन्न किसिमका विवादलाई समाधान गर्न तुलसीपुर उपमहानगरपालिका ५ नम्वर वडा कार्यालयमा न्यायिक समिति गठन गरिएको छ । गाँउटोलमा हुने बिभिन्न किसिमका विवाद गाँउ टोलमा समाधान गर्न वडा स्तरीय वडा समिति गठन गरिएको हो ।
न्यायमा पहँुच हुन अझै पनि नसकेको सर्बसाधारणहरुको गुनसो आईरहदा बिबाद निरुपणका लागि समाधानको उपायको खोजि गरिएको वडा नम्वर ५ अध्यक्ष बिरेन्द्रकुमार शाहले जानकारी दिनुभयो । वडा अध्यक्ष बिरेन्द्रकुमार शाहको अध्यक्षतमा बसेको बैठकले ५ सदस्यीय वडा स्तरीय न्यायिक समिति गठन गरिएको सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठकले बिरेन्द्रकुमार शाहलाई वडा स्तरीय न्यायिक समितिको संयोजक तोकिएको छ । सदस्यमा कुमारी साबीत्रा गुरुङ,सरेशकुमार श्रेष्ठ,मधुमती सुनार र सदस्य सचिबमा वडा कार्यालयका सचिब सञ्जयकुमार गुप्तालाई चयन गरिएको छ ।
प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार