संघियतमा संबाद समूहको संरचना बन्दै

दाङ,४ चैत र संघियतामा संबाद समूह क्षेत्रिय सचिबालको संस्थागत संरचना बनाउने बिषयमा आईतबार तुलसीपुरमा छलफल भएको छ । क्षेत्रीय सचिवालयको आयोजनमा छलफल गरिएको बरिष्ठ सहजकर्ता सुशील बस्नेतले जानकारी दिनुभयो । ६ बर्ष अघि तुलसीपुरमा सचिवालय रहने गरि लुज फोरमको रुपमा द्धन्द ब्यबस्थापन तथा रुपान्तरण गदै आएको संबाद समूहले नेपालको संबिधान २०७२ अनुरुप संघियता संरचन बनाउन लागेको बस्नेतले बताउनुभयो ।
हाल दाङ,बाँके बर्दिया,बर्दिया,कैलालीको टीकापुर,धनगढी र कञ्चनपुरमा लुजफोरमको संरचना बनाई काम गर्दै आएको संबाद समूह क्षेत्रिय सचिवालले आगामी दिनमा प्रदेश नम्वर ५मा बिस्तार गर्ने र द्धन्द ब्यबस्थापन र रुपान्तरणको क्षेत्रमा काम गर्ने आज आईतबारको सचिवालको नियमीत बैठकमा छलफल भएको छ । बैठकका बिभिन्न स्थानमा भई रहेका द्धन्द र त्यसको ब्यबस्थापन तथा रुपान्तरणमा भईरहेका प्रगतिका बारेमा सहभागि सदस्यहरु जानकारी गराएका सचिवालयका संयोजक चन्द्रबहादुर चौधरीले बताउनुभयो । कार्यक्रमको सहजिकरण संबाद समूह क्षेत्रिय सचिवालय सदस्य ढुण्डीराज लामिछानेले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार
प्रतिक्रिया