बुद्धि पुन, सल्यान ४ चैत ।
सल्यानको बागचौर नगरपालिका ५ बाँगेलाखुरी बजारमा आगलागी भएको छ । आगलागी हुदाँ ८ वटा पसल, १ वटा भान्सा घर र ३ वटा मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शनीबार दिउसो २ बजे देखी शुरु भएको आगलागी करिब १ घण्टापछि नियन्त्रणमा आएको थियो ।
स्थानिय ब्यबसायी खुम बहादुर दमाई, ईन्द्र बहादुर कामी थापा, गोबिन्द बुढाथोकी, गोबिन्द देबकोटा, अनुरुप केसी, राम बहादुर सुनार, जंग बहादुर चन्द, रिता बुढाथोकी र थल बहादुर बस्नेतले सञ्चालन गर्दै आएका बिभिन्न पसलहरुका आगलागी भएको हो । आगलागी बाट उनीहरुले सञ्चालन गरेका कोल्ड स्टोर, सुनचाँदी पसल, किनारा पसल, टेलरिङ सेन्टर आदी जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सिमखोलीले जनाएको छ ।
प्रहरीले आगलागी बाट राम बहादुर सुनार, जंग बहादुर चन्द र प्रकास बिकका एक एक वटा मोटर साईकल जलेर नष्ट भएको जाएको छ । ब्यबसायी जंग बहादुर चन्दले संचालन गरेको पसल बाट आगलागी शुरु भएको थियो । आगलागी बाट करिब ३ करोड २० लाख बढीको क्षती भएको अनुमान गरिएको छ । आगलागी कसरी भयो भन्ने बिषयमा केही पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।