तुलसीपुरमा ईन्धन डिपो सञ्चालनमा आउने

तुलसीपुर, २३ चैत्र । तुलसीपुरमा इन्धन डिपो सञ्चालनका बारेमा लामो समयदेखिको अन्यौलताको अन्त्य हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका विच तुलसीपुरमा इन्धन डिपो तत्काल सञ्चालन गर्ने सहमती भएको हो । ‘मन्त्रीले तत्काल अध्ययन गरेर यसै महिनाबाट इन्धन डिपो सञ्चालनका लागि पहल गर्ने वताउनु भएको छ ’ नगरप्रमुख पाण्डेले वताए । उनले मन्त्री यादवसँग तुलसीपुरमा औद्योगिक क्षेत्र स्थापना गर्ने सम्बन्धमा पनि कुराकानी भएको वताए । उनले स्थानीय तहमा उद्योग दर्ताका विषयमा पनि कुराकानी भएको पाण्डेले वताए ।
यसैविच नगरप्रमुख पाण्डेले वन तथा वातावरणमन्त्री शक्ति बस्नेतसँग पनि भेटघाट गरेका छन् । भेटघाटका क्रममा तुलसीपुरमा वोटानिकल गार्डेन वनाउने वारेमा छलफल भएको समेत वताए । उनले दिगो वन व्यवस्थापना र वन उद्यमका वारेमा मन्त्रीसँग कुरा भएको समेत वताए ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार
प्रतिक्रिया