सल्यानमा कृषि कार्यालयको सम्पति स्थानीय तहलाई

हिमाल शर्मा ,सल्यान ३ चैत ।
जिल्ला कृषि विकास कार्यालय सल्यानले आफ्ना मातहतमा रहेका सेवा केन्द्रको चल–अचल सम्पति स्थानीय तहलाई हस्तान्तरण गरेको छ । नेपाल संघियतामा गए सगै कृृषि विकास कार्यालयको माताहतमा रहेका सेवा कन्द्रको सम्पति सम्वन्धीत स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला स्थिीत सरकारीकार्यालयहरु मध्य जिल्ला कृर्षि विकास कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय, पशु सेवा कार्यालय,महिला तथा वालवालीका कार्यालय,लगाएतका कार्यालयहरु स्थानीय तहमा रुपान्तरण भए सगै कार्यालयहरुले आफनो मातहतका कार्यालयहरुको समान हस्तान्तरण गरेका हुन ।
सयै क्रममा जिल्लामा रहेका सेवा केन्दहरु्र कपुरकोट सेवाकेन्द्र, भोटेचौर सेवाकेन्द्र,थारमारे सेवाकेन्द्र, मुलखोला सेवाकेन्द्रमा रहेका सम्पुण चल अचल सम्पति गाउपालिका तथा नगपालिकालाई हस्तान्तरण गरेको हो ।

छत्रेश्वरी गाउपालिका अन्तरगत भोटेचौरमा सेवाकेन्द्रमा रहेका सम्पति जग्गा,भवन,यन्त्र,उपकरण सवारीसाधन,निणर्य,अधिलेख,कागजात आदी स्थानीय तहलाई हस्तान्तरण गरेका जिल्ला कृर्षि विकास कार्यालय सल्यानका स्टोर किपर तथा नायव सुव्वा दिवाकर योगीले वताउनु भएकोछ उहाका अनुसार भोटेचौर सेवा केन्द्रमा रहेका स्टेचर,कुर्सि,सिडिएमए फोन,दराज,कम्प्युटर,प्रिन्टर,दराज,कुर्सि,मोटरसाईकल, कृर्षि सेवा केन्द्रको नाममा रहेका भवन लगाएत सम्पुर्ण सामान छत्रेश्वरी गाउपालिका लाई हस्तान्तरण गरेको योगीले वताउनु भएको छ ।

योगीका अनुसार नेपाल सरकारले जिल्ला कृर्षि विकास कार्यालय सल्यान लाई म.प. क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतले दिएको निर्देशन अनुसार आफहरुले सल्यानका स्थानीय तहलाई हस्तान्तरण गर्नु भनि दिएको निर्देशन अनुसार आफुले आफनो सेवा केन्द्रको सम्पुण चल–अचल सम्पति स्थानीय तहलाई हस्तान्तरण गेरेका उहाले वताउनु भएको छ । कृर्षि सेवाकेन्द्र थारमारेमा पनि सामान हस्तान्तरण गरेका उहाले वताउनु भएको छ थारमारे सेवा केन्द्रमा रहेका सामान कुर्सि,दराज,टेवुल,मोटरसाईकल,भवन, सिडीएमए फोन,लगाएतका कार्यालय सवेको स्थानीय शान्ती मन्त्रालय वाट निर्माण भएको भवन लगाएत सम्पुर्ण सामान हस्तान्तरण गरेका जिल्ला कृर्षि विकास कार्यालय सल्यानका वरिष्ठ कृर्षि विकास अधिकृत अम्मरराज शर्मा घिमेरेले वताउनु भएको छ ।

सम्पति हस्तान्तरण कार्याक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समितिका उप–प्रमुख हरी प्रकाश वुढाथोकीले देश संघिय संरचनामा गए सगै अव जनताले स्थानीयतको अधिकार प्राप्त गर्न लागेका वताउनु भयो । उहाले भन्नु भयो नेपालमा धेरै वर्ष पहिले देखिको अभ्यास सफल भएको उहाले वताउनु भएको छ ।

वागचौर नगर प्रमुख लोकमान वुढाथोकीले नेपाल संघियतामा गए सगै जिल्लाका कार्यालयहरु स्थानीय तहमा आएको वताउदै त्यलाई आफुले संरक्षण गर्ने वताउनु भयो उहाले भन्नुभयो देशमा ठुलो परिवर्तन सगै जनताले जिल्लाको अधिकार स्थानीय तहमा प्राप्त गरेकोमा खुसिव्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला कृर्षि विकास कार्यालय सल्यानका वरिष्ठ कृर्षि विकास अधिकृत अम्मरराज शर्मा घिमेरे को सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार
प्रतिक्रिया