दाङ राजधानी बनाउने भद्र सहमति भएको छ – ओली

तुलसीपुर ३ चैत्र
प्रदेश सभाका सांसद उत्तर कुमार ओलीले दाङ स्थायी राजधानी वन्ने दाबी गरेका छन् । हल्ला अनुसारको वुटवल, नभएको भन्दै स्थायी राजधानी वन्ने कुनै सम्भावना नरहेकाले दाङ राजधानी वनाउने कुरामा भद्र सहमति भएको बताए ।
मानव अधिकार शान्ति समाज दाङ शाखाले तुलसीपुरमा गरेको संघिय संरचनामा मानव अधिकारको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वलीले यस्तो बताएका हुन् ।
अहिले पनि मन्त्रीहरु बस्ने उपयुक्त ठाउँ नभएकाले प्रदेश सरकारले पुर्णता पाउन नसकेको उनले बताए ।
‘हामी एक हजार बर्षसम्म थेग्नेगरी स्थायी राजधानी वनाउन चाहन्छौ, सांसद ओलीले भने ‘दुई सय विघाह जग्गा खोज्नु प¥यो भने भारतमा जानु पर्ने बाध्यता छ, कसरी बन्छ ? त्यहाँ राजधानी प्रति प्रश्न गरे ।’ असुरक्षीत महसुस हुने गरी राजधानी वनाउन नसकीने भन्दै मन्त्रालय र मन्त्री बस्ने निवास नभएको ठाउँमा राजधानी नबन्ने ठोकुवा संसाद वलीले गरे ।
समाजका सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपमेयर माया आचार्य, शान्तिनगर गाउँपालिका अध्यक्ष कमान सिंङ डाँगी, शान्ति समाजका केन्द्रि सचिव सुशिल बस्नेत, संघिय प्रहरी इकाई कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी उपरीक्षक दिलिप कुमार चौधरी, नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेसका सुरेन्द चौधरी, एकीकृत माओवादीका रामजी चौधरी, नेपाल कम्युनिष्ठ पार्टीका विकास वली, नागरीक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, वेसका कार्यकारी निर्देशक चुर्ण चौधरी, तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष विरु रावत, संस्थापक सभापति डिल्लीराज धिताल, महेन्द्र लामीछाने , निर्मल नेपाली, प्रमोद न्यौपाने, निर्मला योगी, लगाएतले बोलेका थिए ।
कार्यक्रमको संचालन सचिव सरद रेग्मीले गरेका थिए । सो अवसरमा निर्वाचित जनप्रतिनिधि र शान्ति समाजमा रहेर विभिन्न क्षेत्रमा जिम्मेवारी सम्हालेका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार
प्रतिक्रिया