बसन्त परियार,तुलसीपुर, ३ चैत ।
यहि चैत ८ गते बाट सुरु हुने यस बर्षको एसईई परीक्षाको तयारी तिव्र पारीएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार परीक्षाका लागि दाङका ४३ वटा परीक्षा केन्द्रमा उत्तरपुस्तीका पठाउने काम सकिएको छ । यसबर्ष दाङ बाट साढे एघार हजार परीक्षार्थिहरुले एसईई दिदै छन। जिल्लाका निजि र सामुदायिक विद्यालयका गरी ११ हजार ६ सय १० परीक्षार्थिहरुले परीक्षा दिन लागेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।
जसमा साधरणतर्फ १० हजार ८ सय ८६ र प्राविधिक तर्फ ३ सय ९७ परीक्षार्थि रहेको जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले बताएका छन । त्यसैगरी एक्जाम्टेड तर्फ ४ सय ९७ परीक्षार्थिहरुले परीक्षा दिदै छन । उनका अनुसार यसवर्ष जिल्लामा ३ सय ८५ विद्यार्थि अयोग्य ठहरिएका छन । साधरण तर्फ ३ सय ७९ र प्राविधिक तर्फ ६ जना विद्यार्थि परीक्षा दिन अयोग्य भएका छन ।
उनिहरुको हाजिरी नपुगेको तथा राजश्व दाखिला नभएकोले उनिहरु अयोग्य तथा परिक्षा दिनबाट बञ्चीत भएको जिल्ला शिक्षा अधिकारी मैनालीले बताए । यसैविच यस बर्ष एक्जाम्टेड परीक्षार्थिहरुले एउटै परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्ने छ । परीक्षा नियन्त्रण कार्यालयको परीपत्रअनुसार जिल्ला सदरमुकामबाट उनिहरुले परीक्षा दिने ब्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी मैनालीले जनाएका छन ।