‘ पिडितलाई न्याय र पिडकलाई कारवाही गर्नुपर्ने ’

 

तुलसीपुर २ चैत

सत्य निरुपन तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले आयोगमा द्धन्द्धपिडितका ६२ हजार भन्दा वढि उजुरी परेको बताएका छन् । आयोग गठन भएको तिन वर्ष पुगीसकेको जानकारी दिदै फेरी समय थप गरी उजुरी माथि छानविनको प्रक्रिया चलिरहेको उनले बताएका छन् ।

आयोगद्धारा शुक्रवार तुलसीपुरमा आयोजना गरीएको परिपुरण मापदण्द सम्वन्धि सुझाव संकलन कार्य विषयक अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । आयोगले देशका सात वटै प्रदेशमा मुकाम कार्यालय स्थापना गरी काम सुरु गरीएको उनकोे भनाई छ । सुझाव संकलनको कार्यक्रम पछि काठमाडौ फर्किए लगतै राष्टिय स्तरको अन्र्तक्रिया कार्यक्रम गरेर तुरुन्त उजुरी माथि छानविन गरी अनुसन्धान भईसकेका फाईलहरु सरकारलाई परिपुरण निति सिफारिस गर्ने बताएका छन् ।

त्यस्तैगरी कार्यक्रममा आयोगका विज्ञ सदस्य नारायण प्रसाद धितालले छानविन गर्न ढिलाई भएको भन्दै पिडितले न्याय पाउनेगरी छिटै काम गर्नुपर्ने सुझाव दिएका छन् । उनले ढिला गरेमा पिडितहरु आक्रोसमा आउने र आयोगलाई समस्या हुने भन्दै जति सक्यो छिटो काम गर्दा उपयुक्त हुने उनको सुझाव थियो । कार्यक्रममा अन्य सहभागीहरुले राज्यले शसत्र द्धन्द्धबाट प्रभावित पिडितहरुलाई उचित न्याय र पिडकलाई काुननी कारवाही गर्नुपर्ने सुझाव दिएका थिए । साथै उनीहरुले द्धन्द्ध पिडितहरुको बर्गिकृत गरी घटनाको प्रकृतिको आधारमा उनीहरुलाई राहत भन्दा आत्मनिर्भरका लागी दिर्घकालिन व्यवसायीक सिपमुलक तालिम दिनुपर्ने सुझाव राखेका थिए ।

आयोगका सदस्य सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सत्य निरुपन तथा मेलमिलाप आयोग मुकाम तुलसीपुरका संयोजक चक्रदेव आचार्य, विज्ञ सदस्य सिता आचार्य, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, उच्च अदालत बार एसोसियसन तुलसीपुरका विजय पौडेल, मानव अधिकार सन्जाल दाङका केभर्ड कुमार शर्मा, समावेशी मेलमिलापका प्रकास चौधरी, सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी, मानव अधिकारकर्मी विनोद केसी, मानव अधिकार तथा शान्ती समाज केन्द्रिय सचिव सुसील वस्नेत,पत्रकार जेएन सागर लगाएतले वोलेका थिए । कार्यक्रममा मानव अधिकारकर्मी, सरोकारवालाहरु, नागरिक समाज, विज्ञ र पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार
प्रतिक्रिया