पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताए । उनले छक्का हान्दै ५० रन पुरा गरेका हुन् । तर, दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । शेख व्यक्तिगत २६ रनमा आउट भए । ऐरी ५० रनमा अविजित रहे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो ।
मात्र ४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए भने लामिछानेले ८ ओभर बलिङ गर्दै २९ रन खर्चिका थिए । नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४/४ विकेट लिए । करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।
पपुवा न्यूगिनीले ओडीआई स्टाटस गुमायो
हारसँगै पपुवा न्यूगिनीले एकदिवसीय मान्यता गुमाएको छ । नेपाल भने नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा नेदरल्याण्डसले हङकङलाई हरायो भने नेपालले अन्तिम खेल अघि नै ओडीआई स्टाटस पक्का गर्नेछ ।
तर, हङकङले जित्यो भने सातौं स्थानका लागि नेपाल र हङकङबीच खेल हुनेछ र त्यो खेल जित्ने टोलीले एकदिवसीय मान्यता पाउनेछ ।