आज देखि २० वर्ष पुराना सवारी गुड्न नपाउने

काठमाण्डौं,१ चैत ।

आजदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने भएका छन् । नियम लगाएको छ । २० वर्ष नाघेका सार्वजनिक यातायात आजदेखि गुडेमा जफत गरी लिलाम गर्ने तयारी सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गाडी गुडेको निगरानी गर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी आजदेखि गुडे समातेर राखिने राससलाई जानकारी दिनुभयो ।

२० वर्ष पुराना सवारी गुडाएमा समातेर कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी–साधनका कारण वायुप्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी २० वर्ष पुराना सवारी–साधन हटाउन लागेको हो ।

विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी–साधन हटाएको थियो । हाल देशभर पाँच हजार ५०० ओटा २० वर्ष पुराना सवारी–साधन गुडिरहेको तथ्यांक विभागसँग छ ।

प्रकाशित मिति : २०७४ चैत्र १ गते बिहिवार
प्रतिक्रिया