तुलसीपुर,१ चैत्र ।
तुलसीपुर–घोराही सडक खण्डको हात्तिखौवाका स्थानीयवासी आन्दोलित भएका छन् । बर्षाैं देखि अलपत्र तुलसीपुर देखि हात्तिखौवा सम्म चारलेनको सडक निर्माण तत्काल पूरा गर्नुपर्ने माग राख्र्दै उनीहरु आन्दोलित भएका हुन् । घोराहीरोड टोल विकास संस्था र गुल्मचोक टोलबासीहरुले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, तुलसीपुर उपमहानगरपालिका, निर्माण कम्पनी लगायत सरोकारवालालाई पटकपटक ध्यानाकर्षण गराउँदै आएपनि माग सुनुवाई नभएको भन्दै आन्दोलित भएको घोराही रोड टोल विकास संस्थाका सचिब हेमराज गौतमले जानकारी दिएका छन ।
आन्दोलनस्वरुप उनिहरुले आज देखि हात्तिखौवा बिरेन्द्रचोक सम्म सडक अनिश्चतकालिन बन्द गर्ने भएका छन् । लिखित रुपमा सम्झौता नगरेसम्म आन्दोलन जारी रहनु उनले जानकारी दिए । सडक निमार्ण नहुँदा धुलोका कारण आफूहरुको दैनिकी कष्टकर भएको र दुर्घटनाको जोखिम बढेको भन्दै बाध्य भएर अनिश्चितकालिन रुपमा सडक बन्द गर्नु परेको उनले बताए ।