सहमतिमा न्याय दिदै न्यायिक समति

सन्तोष अधिकारी

दाङ, ३० फागुन ।  घोराही उप महानगरपालीका १० वस्ने खगबहादुर पुनले जग्गा विवाद सम्वन्धी विवाद मिलाईपाँउ भनी घोराही उप महानगरपालीको न्यायीक समितिमा उजुरी दिए । उनलाई घोराही उप महानगरपालीका १५ वस्ने पुनम राना र सावित्रि नेपालीले जालझेल गरी वाटो नभएको ठाँउको जग्गा विक्रि गरेकाले पुष २५ गते ठगी मुद्धा दर्ता गराए ।

उनको मुद्धा दर्ता भएपछि न्यायिक समितिले पुनम राना र सावित्रि नेपालीलाई कार्यालयमा उपस्थीतिकालागि पौष २७ गते पत्र पठायो । वादि प्रतिवादी उपस्थीत भएपछि छलफल सुरु गरेको न्यायीक समितिले खगवहादुर पुनको सात लाख सत्तरी हजार रुपैया असुल गरीदिएको पुनको भनाई छ । त्यस्तै घोराही उप महानगरपालीका १५ की १७ वर्षिय शान्ति गिरीले न्यायिक समितिमा घरेलु हिंसा सम्वन्धी मुद्धा दर्ता गरीन् । शान्तिले दर्ता गराएको निवेदनमा श्रीमान जनक गिरीले दिनरात कुटपिट गरी घरवाट निकालीदिएको उल्लेख गरेकी थिईन् । न्यायिक समितिले दुवै पक्षलाई कार्यालयमा उपस्थीत गराई बयान लियो । वयानका क्रममा श्रीमान भन्दापनि सासु संगको खटपट वुझिएपछि घरमै लगेर राख्ने, अवदेखी हिंसा नगर्ने सहमति गरी पुन परीवारमै पुनस्थापना गर्ने न्यायीक समितिले निर्णय गरीदियो ।

अहिले शान्ति घरपरीवार संगै वस्दै आईरहेकी छिन् ।  त्यसैगरी घोराही उप महानगरपालीका १० बस्ने सुन्दर थारुले सोही ठाँउवस्ने गुनवहादुर डाँगी उनकी श्रीमती तारा वस्नेत, सोही ठाँउवस्ने नेवबहादुर रावत र उनकी श्रीमती कुन्तीरावतका नाममा न्यायीक समितिमा उजुरी दिए । थारुको उजुरीमा आफ्नो वावुको नामवाट जग्गा नामसारी गराउदा गुनबहादुर डाँगी र नेवबहादुर रावतले सहयोग गरी खर्च भएको रकम ७ लाख १६ हजार २ सय ५० बरावरको सुन्दरको नाममा रहेको १ कठ्ठा १० धुर जग्गा लीई सकेपनि अझै खर्च भएको रकम पुगेको छैन भन्दै माग गरीरहेको उल्लेख छ । न्यायीक समितिले दुवै पक्षलाई वोलाई छलफल चलायो । थारुले तारा वस्नेत र कुन्ती रावतलाई दिएको जग्गा थारुलाई नै फिर्ता गर्नुपर्ने र थारुले यसअघि विक्रि गरेको जग्गा वस्नेत र रावतकै नाममा कायम राख्ने सहमति गरीदियो । पौष ७ गते दुवैपक्ष राजीखुसी भई सहिछाप गरी मिलापत्र भयो । पुन, गिरी र थारु न्यायीक समितिवाट फैसला भएका प्रतिनिधि पात्र मात्रै हुन् ।

घोराही उप महानगरपालीकाको कार्यालयमा नइायीक समिति बने देखी फागुन २७ गते सम्म ४३ मुद्धाको यसैगरी सहमति भएको न्यायिक समितिका संयोजक सिता न्यौपाने सिग्देलले जानकारी दिईन् । यसैगरी न्यायीक समितिवाट ४ वटा सम्वन्ध विच्छेदका मुद्धा अदालत पठाईएको छ भने अर्को जग्गा सम्वन्धी मुद्धा समितिवाट फैसला भएपनि पुनरावेदन गर्दै अदालत गएको पनि न्यौपानेले जानकारी दिईन् । “न्यायीक समितिमा आएको मुद्धालाई प्रतिवादीलाई पत्रकाटेर छलफलका लागि वोलाउने र एक पटकमा सहमति नभए पटक पटक वोलाएर

छलफलवाटै सहमतिमा पुग्ने गरेका छौ” समितिका अध्यक्ष न्यौपानेले भनिन् । न्यायीक समितिमा मुद्धा आउने क्रम वढेको भएपनि प्रयाप्त जनशक्ति नहुँदा कामगर्न अप्ठेरो भएको न्यौपानेले बताईन् । ईजलासको काम गर्नुपर्ने छ कम्प्युटरमा काम गर्ने मानिस छैन, पत्र काटेर छलफलका लागि वोलाउदा कसैले अटेर गरेमा पक्राउ गरी ल्याउनको लागि नगर प्रहरीको व्यवस्था छैन, जग्गा सम्वन्धी विवाद समाधानका लागि अमिन चाहिने भएकोले समितिमा छुट्टै अमिन को पनि व्यवस्था भएमा न्यायीक समितिको काम छिटो छरीतो हुने न्यौपानेको भनाई छ ।  पत्र काटेर छलफलका लागि वोलाउदा नआएमा जिल्ला प्रहरी कार्यालयको सहयोग लिईरहेको न्यौपानेले बताईन् ।

कानुनको ज्ञानको अभाव पनि समितिलाई खड्किरहेको छ । अहिले उप महानगरपालीकाका कानुनि सल्लाहकार संग समन्वय गरीरहेको उनको भनाई छ । फागुन २७ गते सम्म न्यायिक समितिमा आएको मुद्धा एक सय १२ रहेको छ भने ४३ वटा फैसला भैसकेको घोराही उप महानगरपालीकाकी शाखा अधिकृत पर्तला कुमारी देवकोटा गौतमले जानकारी दिईन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया