काठमाण्डौं,३० फागुन ।
नेपाली कांग्रेसले संसदमा आफ्नो भूमिका प्रभाविकारी बनाउने विषयमा सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । आज प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसदमा प्रस्तुत हुने शैली सिकाउने भएको हो । बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् ।
संसदमा प्रतिपक्षको भूमिका कसरी खेल्ने, पार्टीबाट सांसद भएपछि विकास निर्माणको प्रक्रियामा कसरी काम गर्ने, सहजीकरण गर्ने र पार्टीसँग कसरी समन्वय गर्ने भन्ने विषयमा सांसदहरुलाई सिकाइने बताइएको छ ।