दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा भण्डारी निर्वाचित

काठमाडौं, फागुन २९ । 

विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको छ । आज भएको मतदानमा २९ हजार २ सय ७५ मतभार सहित भण्डारी विजयी हुनुभएको हो । उहाँकी प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाउनुभएको छ । चुनावमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना अनुपस्थित थिए ।

जम्मा ५२ हजार ५ सय मतभार कायम रहेको चुनावमा २६ हजार २ सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेमा भण्डारीले २९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको हो । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ । संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको थियो । भण्डारीलाई एमाले, माओवादी केन्द्र र मधेश केन्द्रीत दलको समर्थन रहेको थियो ।  नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी भने चुनावमा सहभागी भएनन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया