यातायात क्षेत्रको गरिमालाई जोगाउनु पर्नेमा जोड

तुलसीपुर, २९ फागुन
पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले यातायात क्षेत्रलाई यात्रुमैत्री बनउनु पर्नेमा जोड दिनुभएको छ । रिर्पोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले देशको ठूलो अर्थतन्त्र धानेको यातायात क्षेत्रको आफनै गरिमा र महत्व भएकाले यसलाई बाचाई राख्नुपर्ने बताउनुभयो ।
आर्थिक लाभसंगै यसलाई सेवमूलक बनउनु पर्ने भन्दै अध्यक्ष प्रियासनले सबैको अपनत्वहुने गरी व्यवसायीक क्षेत्रमा लाग्न व्यवसायीलाई आग्रह गर्नुभयो । सो अवसरमा बरिष्ठ पत्रकार टिकाराम रेग्मीले यात्रुलाई स्वतन्त्रपूर्वक आफुले इच्छाएको सवारीसाधनमा चढ्ने वातावरणको सृजना गर्न आग्रह गर्नुभयो ।
‘यात्रुवाहक सवारी साधनका सहचालकले सडकमा यात्रुलाई तानातान गरेर हैरान गराएका हुन्छन्, बरिष्ठ पत्रकार रेग्मीले भन्नुभयो, ‘ श्रीमानलाई एउटा र श्रीमतीलाई अर्को गाडिमा जबरजस्ती रुपमा चढाउने कार्यलाई रोक्नुपर्छ ।’ सो अवसरमा राप्ती अंचल सार्वजनिक यातायात वस व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले यातायात क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको व्यवसाय बनाउने बताउनु भयो । बेलामौकामा विभिन्न गुनासाहरु आएको भन्दै एउटा छुट्टै समयन्त्र बनाएर यसको अनुगमण गरेर भरपर्दो र यात्रुमैत्री वातावरण गराउने अध्यक्ष हमालले दाबी गर्नुभयो ।
क्लवका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प तुलसीपुरका प्रहरी नायव उपरीक्षक जगदिश जोशी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सचिव बिमल गौतमले गर्नुभएको थियो।
सो अवसरमा राप्ती अंचल वस समितिमा निर्वाति विभिन्न पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया