बालाराम खड्का
तुलसीपुर, २९ फागुन । दाङ टेक्निकल इन्स्टिच्युट सि.एम.ए तथा ल्याव तालिम केन्द्रको २० औं बार्षिकोत्सव एव स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका प्रवन्ध निर्देशक दोर्णबहादुर वलीको अध्यक्षता एव तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले यस केन्द्रमा अध्यन गरेका विद्यार्थीहरुले राम्रो प्रगति गरेको बताएका थिए । सो अवसरमा बोल्दै उपप्रमुख माया आचार्यले कोही पनि स्वास्थ्य उपचारपाउन बाट वन्चीत नहुन भन्ने उद्देश्यले उपमहानगरपालिका विभिन्न स्थानका स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि गर्ने योजना अगाडि सारेको बताइन् ।
उनले दाङ टेक्निकल इन्स्टिच्युटले उत्पादन गर्ने जनशक्ति दक्षय हुनुपर्ने बताइन् । कार्यक्रममा पराईवेट हस्पीटल एशोसीयसनका केन्द्रीय उपाध्यक्ष हरीप्रसाद रिजालले निजि क्षेत्रको लगानिमा सञ्चालन भएका स्वास्थ्य संस्थाहरुले राम्रो स्वास्थ्य सेवा दिएको बताए । उनले आफुहरुले विभिन्न समस्याका बावजुत पनि जनतालाई स्वास्थ्य सेवा दिन वाध्य भएको बताए । कार्यक्रममा अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद देवकोटा, निमित्त मेसु विनोद सिंह, दाङ टेक्निकल इन्स्टिच्युट सि.एम.ए तथा ल्याव तालिम केन्द्रकी अध्यक्ष यशोदाकुमारी गौतमलगायतले यहाँ सि.एम.ए र ल्याव सम्वन्धी विद्यार्थीहरुले पढन पाएको भन्दै यहाँका बढेका विद्यार्थीहरुले नेपाल प्रथम भएको भन्दै केन्द्रको प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरु सुष्मीता खड्का, गंगा केसी, कल्पना सुनार, अन्जु वली, चन्द्रीका जिएम , रुपेश दहाललगायतले शुभकामना दिएका थिए ।
सो अवसरमा केन्द्रमा अध्यन गरी २०७२÷७३मा ल्याव तर्फ नेपाल प्रथम हुने अन्जु वली, सि.एम.ए तर्फ नेपालमा दोस्रो हुने चन्द्रीका जिएमलाई सम्मान तथा पुरस्कृत गरीएको थियो । त्यसैगरी ल्यावमा अनुसासीत विद्यार्थी सविता सारुमगर, सि.एम.ए तर्फ अनुसासीत नबराज भण्डारीलाई पनि सम्मान गरीएको थियो । त्यसैगरी ल्यावमा प्रथम हुने टेकराज केसी, दृतिय हुने जमुना खत्री, तृतिय हुने जानकी थापा, र सि एम.ए तर्फ प्रथम हुने दिपेन्द्र वली, दृतिय हुने लक्ष्मी खड्का र तृतिय हुने प्रेम प्रकाश रोकायालाई सम्मान गरिएको थियो । सि. एम. ए कोडिनेटर हेमराज बस्नेतको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण ल्यावका शिक्षक युवराज वलीले गरेका थिए । सो अवसरमा नयाँ विद्यार्थीहरुलाई पुराना विद्यार्थीहरुले स्वागत गरेका थिए भने पुरानालाई विदाई गरीएको थियो ।