घोराही उपमहानगरमा निशुल्क फोन सेवा

 

घोराही, २८ फागुन

गुनासो घोराही उपमहानगरपालिकाले सहजै गुनासो सुनेर समस्या समाधान गर्न र सहजरुपमा सूचना प्रबाहका लागि पैसा नलाग्ने फोन सेवाको सुरुवात गरेको छ । गएको माघ ११ गतेको १९ औँ नगर कार्यपालिका बैठकबाट भएको निर्णय अनुसार उपमहानगरले नागरिकको गुनासो व्यवस्थापन र सहजरुपमा सुचना प्रबाहका लागि पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेको हो । उपमहानगरपालिकाको कार्य क्षेत्र भित्रका कुनै पनि गुनासा, समस्या र सूचनाका लागि पैसा नलाग्ने नम्बर १६६०८२५६५५५ को व्यवस्था गरेको हो ।

उक्त टेलिफोन नम्बरमा फोन गरेर कुनै पनि गुनासो राख्न, समस्या भन्न र सूचना प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाईएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । सूचना, गुनासा र समस्या सकभर तत्काललै समाधान गरिने र तत्काल सम्भब नभएकाहरुको छिटटै सम्बोधन गर्ने गरि व्यवस्थापन गरिएको उहाँको भनाई छ । सूचना सञ्चार तथा तथ्यांक व्यवस्थापन महाशाखा, सामान्य प्रशासन महाशाखा र सामाजिक विकास महाशाखामा उक्त फोन सेवा जोडिएको छ । समस्या तथा गुनासाहरु सम्बन्धीत महाशाखाहरुबाट समाधान हुने र यदि हुन नसकेको तत्काल नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराउन नगर प्रमुख चौधरीले निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया