शिक्षालाई उपलब्धीमुलक बनाऔं : पाण्डे

तुलसीपुर,२७ फागुन ।

दाङ भ्याली ईङगलीस बोर्डिङ स्कुलको २२ औ वार्षीक उत्सव तुलसीपुर ६ बरुवागाउँमा सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल तिलक शाहुको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका नगरप्रमुख घनश्याम पाण्डेले शिक्षालाई उपलब्धीमुलक बनाउनु पर्नेमा जोड दिएका थिए । परम्परागत शैलीको शिक्षण मात्र नभई बदलिदो परिस्थिति अनुसारकोे शिक्षा दिनुपर्ने उनले बताएका छन् । सो अवसरमा विद्यालयका कार्यकारी प्रिन्सिपल शिला अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

विद्यालयका शिक्षक नवराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शंकर आचार्य, टोल विकास संस्थाको तर्फबाट पदमा चौधरी,अभिभावक तर्फबाट माधव केसी, भवानी न्यौपाने लगाएतले वोलेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुती राखेका थिए भने कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक केसरसिंह वुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया