महायज्ञमा एकै दिन ३ लाख बढी संकलन

तुलसीपुर, २७ फागुण ।
तुलसीपुर उपमहानगरपालिका १२ रझेनामा रहेको केशवराज झुपा कुमारी बृद्धाश्रमको स्तर बृद्धिका लागि सञ्चालन गरिएको महायज्ञको शनिबार तेस्रो दिन जारी रहेको छ । शनिवार मात्रै ३ लाख २९ हजार ४ सय ३७ आर्थिक संकलन भएको प्रचार प्रसार समितिका संयोजक सुष्मा गिरीले जानकारी दिनुभयो । बिहिबार, देखी जारी महायज्ञमा हाल सम्म ४ लाख २८ हजार ५ सय २७ रुयैया रकम संकलन भएको छ ।

शनिवार दान गर्नेहरुमा झग्गु प्रसाद गौतम १ लाख १ स्य ५, बिष्णु प्रसाद शर्मा ३० हजार १ सय ५ , मदन मोहन श्रेष्ठ २५ हजार ५ , प्रेम रीजाल १५ हजार ५ सय ५५ , धु्रव गौतम ७ हजार १ , नोखिराम बस्नेत ७ हजार ७ सय ७ , लिलाधर लम्साल ७ हजार ५ , टंक ब बस्नेत १६ हजार ५५ दान गर्नु भएको छ ।

यस्तै बलदेब रजौरे ७ हजार ५५ , शंकर दिवस मज्गैयां ८ हजार ५ सय, हरी पौरा टोल विकास संस्था १० हजार ५ सय ५५ , तिला डांगि ७ हजार १ सय ५ , टेक बहादुर डांगि ७ हजार ५ , प्रनय कुमार खड्काले १० हजार १ सय १ दान गर्नुभएको छ । महायज्ञको पहिलो दिन मात्रै २४ हजार ७ सय २५ आर्थिक संकलन भएको थियो । जसमा चेतनाथ पोख्रेल १६ हजार ५५ , भिउराम घर्ति ७ हजार १ सय ५५ , कृष्ण बहादुर बस्नेत ५ सय ५ , हरी बहादुर चौधरी ५ सय ५ , हरी बहादुर बस्नेत ५ सय ५ दान गर्नु भएको थियो । ३० लाख आर्थिक संकलन गर्ने उदेश्यले बृद्धबृद्धाहरुको सक्रियतामा महायज्ञ सञ्चालन गरिएको हो ।

महायज्ञमा प्रमुख कथा वाचक पंण्डीत रबीन्द्रकृष्ण अधिकारीले कलात्मक शैलीमा कथा वाचन गर्दा कथा श्रवण अर्थात सुन्नेहरुको संख्या दिनँहु बढेको प्रचार प्रसार समितिका संयोजक गिरीले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको महायज्ञबाट अपेक्षाकृत आर्थिक संकलन हुने अपेक्षा गरिएको मुल आयोजक समितिका संयोजक खुमानन्द अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय नारायण प्रसाद गौतमले पीता केशवराज र माता झुपाकुमारीको स्मृतीमा बृद्ध सेवा समिति तुलसीपुरलाई उपलब्ध गराउनुभएको २ बिगाह जमीनमा बृद्ध आश्रम सञ्चालन गरिएको छ । उक्त बृद्ध आश्रमको पुर्बाधार र स्तरोन्नतीको सहयोग जुटाउन यही फागुण २४ गते देखि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ स्थीत बृद्ध आश्रम परिसरमा महायज्ञ सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया