तुलसीपुर,२६ फागुन ।
उद्योगी व्यापारीहरुले राज्यलाई तिर्दै आएको करको उच्च मुल्याङकन हुनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्. । उनीहरुले राज्यको अर्थतन्त्र बलियो बनाउनका लागी निजि क्षेत्रको महत्वपुर्ण भुमिका रहेको भन्दै आफुहरुले तिरेको करको मुल्याङकन हुनु पर्ने बताएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघको आज तुलसीपुर ७ राप्ती शान्ती उद्यानमा आयोजना गरीएको तुलसीपुर उपमहानगरपालिका नगर स्तरिय तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
संघका अध्यक्ष टोप बहादुर घर्तिको अध्यक्षता एवं नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरीएको हो । संघका उपाध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम अहिले पनि जारी रहेको छ ।
प्रकाशित मिति : २०७४ फाल्गुन २६ गते शनिवार