तुलसीपुर, २५ फागुन ।
तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको संस्कार पाठशालामा नगरभित्रका विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापनका पदाधिकारी र जनप्रतिनिधिहरु विद्यार्थीहरुलाई कसरी सृजनशिल ढँगले अध्यापन गराउने भन्ने वारेमा छलफल गरिरहेका थिए । तुलसीपुर उपमहानगरको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सृजनात्मक शिक्षणका नयाँ नयाँ प्रविधिको वारेमा उनीहरुलाई जानकारी दिइएको थियो कार्यक्रममा सृजनात्मक सिकाइका वारेमा प्रशिक्षक होमनाथ सापकोटाले प्रशिक्षण दिएका थिए उनले विद्यार्थीहरुलाई सृजनात्मक सिकाईतर्फ उत्प्रेरित गर्नका लागि सबै पक्षको भुमिका हुने समेत वताए । प्रविधिको युवामा शिक्षणलाई पनि प्रविधिमा ढाल्नुपर्ने आवश्यकता रहेको समेत उनले वताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई शिक्षाको केन्द्र वनाउनका लागि विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुसँग समन्वय गरिरहेको वताए । उनले आगामी शैक्षिक सत्रबाट उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुमा अँग्रेजी अध्यापन गराउने तयारी गरको समेत वताए । “गर्ने भनेको शिक्षकले हो हामीले अवसर मात्रै प्रदान गर्ने हो ” पाण्डेले वताए । उनले शिक्षणमा नयाँ नयाँ शैलीको विकास भइसकेको वताउँदै अपडेट नहुने शिक्षकले विद्यार्थीको मन जित्न नसक्ने समेत वताए । “हामीले सृजनशिल शिक्षकलाई उत्प्रेरित र अल्छि शिक्षकलाई विदाई गर्ने काम उपमहानगरले गर्नेछ ” उनले आगामी शैक्षिक सत्रदेखि हरेक विद्यालयमा डिजिटल हाजिरको व्यवस्था गर्ने र त्यसको नियमन नगरपालिकाले गर्ने समेत वताए ।
तुलसीपुर शिक्षा प्रमुख भाष्करराज गौतमले शिक्षा नियमावलीको मस्यौदाका वारेमा सुझाव संकलन गरेका थिए । उनले नियमावलीलाई अन्तिम रुप दिएको समेत वताए । कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति मुकुन्द रिजाल, विष्णुकुमारी केसीले गरेको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिए ।