माइलीपानी खानेपानीको नेतृत्व चयनका लागि निर्वाचन

तुलसीपुर, २५ फागुन
शान्तिनगर गाउँपालिका ३ र ४ स्थित माइलीपानी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नेतृत्वय चयनका लागि निर्वाचन हुँदैछ ।
विभिन्न ११ पदका लागि २२ जनाको उम्मेदवारी परेको छ । सहमतिको प्रयास असफल भएपछि विभिन्न ११ पदका लागि वाम गठवन्धन र लोकतान्त्रीक प्यानलबाट २२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक भागवत न्यौपानेले बताए ।
अध्यक्ष पदका लागि वाम गठवन्धनबाट खगेन्द्र कुमार शर्मा र लोकतान्त्रीक प्यानलबाट माधव बस्यालको उम्मेदवारी परेको छ । नेतृत्व चयनका लागि भोली(शानिबार) निर्वाचन हुदैछ । मतदानको समय विहान ८ बजेदेखि बेलुकी पाँच बजे सम्म तोकिएको पत्रकार निराश पाण्डेले जनाएका छन् । मतदानको केन्द्र विपि माध्यामिक विद्यालय बयालेमा तोकिएको छ । नेतृत्व चयनका लागि दुबै पक्षविच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया