तुलसीपुर, २५ फागुन
नेपाल राष्ट्रिय यातायाता व्यवसायी महासंघका अध्याक्ष योगेन्द्र कर्माचार्यले सरकारले २० बर्षका पुराना गाडिलाई हटाउने एक तर्फी निर्णय गरेमा दुर्भाग्य हुने चेतावनी दिएका छन् । नेपाल सरकारले आगामी साउन एक गते देखि २० बर्ष पुराना सवारी साधन संचालनमा रोक लगाउने नीति अघि सारे पछि अध्यक्ष कर्माचार्यको यस्तो भनाई आएको हो । राप्ती अञ्चल सार्वजनिक यातायात वस व्यवसायी समितिको ३३ र्औ साधारण सभा तथा १७औं अधिवेसनलाई सम्बोधन गर्दै अध्यक्ष कर्मचार्यले वार्ता र छलफलबाट उचित निकास खोज्नु पर्ने भन्दै अध्यक्ष कर्माचार्यले एकतर्फी रुपमा निर्णय लाद्ने काम गरेमा यातायात व्यवसायीलाई मान्य नहुने बताए ।
‘सरोकारवाला पक्ष हामी हौं, अध्यक्ष कर्माचार्यले भने, ‘ टेबुलमा बसेर वार्ता र संवाद मार्फत यसको उचित निकास खोजौ । एक तर्फी रुपमा निर्णय गरेर राज्य अघि बढे त्यसको विरुद्धमा महासंघ उत्रीन्छ ।’ २५ कातिक २०५७ मा २० बर्षे पुराना गाडि हटाउने गरी सरकारले राजपत्रमा प्रकाशीनत गरे पनि राज्यको निर्णयक तहमा बसेका कर्मचारी र नेतलाई आफनो विचारमा सहमति गराएर अहिले सम्म चलाएको उनले बताए ।
सोअवसरमा महासचिव सरोज सिटौला, उपाध्यक्ष पुष्पा श्रेष्ठ, एमालेका टीकाराम खड्का, नेपाली कांग्रेसका शंकर डाँगी, माओवादी केन्द्रका रामजी चौधरी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे, घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी, मानवअधिकारकर्मी सुशिल बस्नेत, नेपला पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन लगाएतले बोल्नु भएको थियो । समितिक अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक सरद रेगमीले गर्नुभएको थियो ।
यसैविच यातायात क्षेत्रमा कलम चलाएर महत्वपूर्ण योगदान पुरयाएको भन्दै गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाललाई सम्मान गरिएको थियो ।